बेलायती महारानी स्वयंसेवा पुरस्कारद्वारा सम्मानित

ब्रिटिश साम्राज्यको सर्वोत्कृष्ट सदस्यता(MBE) उपाधि

कमनवेल्थका ५३ वटा सदस्य राष्ट्रहरूबाट मान्यता प्राप्त उच्चस्तरीय स्वयंसेवा पुरस्कार

निरन्तर स्वयंसेवा कार्यहरूद्वारा समुदायमा ठूलो योगदान पुऱ्याएर समुदायबाट समर्थन, मान्यता र कदर पाएको सङ्गठनलार्इ संयुक्त अधिराज्यको सरकारले ३ वर्षसम्म कडा मूल्याङ्कन र जाँच गरेपछि महारानीद्वारा पुरस्कारको निम्ति छनोट गरिन्छ ।

योचाहिँ संयुक्त अधिराज्यभित्रको स्वयंसेवक सङ्गठनलाई प्रदान गरिने उच्चस्तरीय पुरस्कार हो । बेलायती महारानी स्वयंसेवा पुरस्कारसँगै ‘ब्रिटिश साम्राज्यको सर्वोत्कृष्ट सदस्यता पदक(MBE, Member of the Most Excellent Order of the British Empire)’को विशेष उपाधि पनि प्रदान गरिन्छ ।

परमेश्वरको मण्डलीले बाढी प्रभावित क्षेत्रहरूमा मर्मत-सम्भार कार्य, वातावरण सरसफाइ, रक्तदान अभियान, वृद्धाश्रमको सान्त्वनादायक भ्रमण, सामुदायिक समर्थनजस्ता विभिन्न सेवामूलक गतिविधिहरूद्वारा बेलायती नागरिकहरूमाझ माताको प्रेमलार्इ चरितार्थ गर्दैआएको छ । उक्त मण्डलीको अनवरत र समर्पणयुक्त स्वयंसेवाद्वारा प्रभावित भएका नागरिकहरू अनि प्रत्येक क्षेत्रका नगरप्रमुख लगायत नगर परिषद्का सांसदजस्ता विविध वर्गका मानिसहरूले समेत स्वयंसेवामा सहभागिता जनाएर सहकार्य गर्नुको मूल्य र अर्थको वर्चस्व बढाइरहेका छन् ।

परमेश्वरको मण्डलीले समाजको निम्ति गरेको उल्लेखनीय स्वयंसेवाको कार्यलार्इ मान्यता दिँदै शाही निगाह दर्शाउने चाहनाद्वारा यो पुरस्कार प्रदान गरिन्छ ।

बेलायती महारानी एलिजाबेथ द्वितीय

थप जानकारी

The President’s Volunteer Service Award

सन् २०१५, २०१४, २०११

अमेरिकी राष्ट्रपतीय स्वयंसेवा पुरस्कार

परमेश्वरको मण्डली, संयुक्त राज्य अमेरिकाको सबैभन्दा प्रतिष्ठित स्वयंसेवा पुरस्कार,व्यक्ति विशेषलाई दिइने प्रतिष्ठित आजीवन पुरस्कार तथा सङ्गठनलाई दिइनेस्वर्ण पुरस्कार(५ पटक)द्वारा सम्मानित

योचाहिँ संयुक्त राज्य अमेरिकामा छिमेकी र समाजको सेवा गरेका व्यक्ति विशेष वा सङ्गठनलाई दिइने सर्वोत्कृष्ट पुरस्कार हो। सेवा पुऱ्याएको समयअनुसार पुरस्कारलार्इ काँस्य स्तर, रजत स्तर र स्वर्ण स्तरमा वर्गीकरण गरिएको छ । विशेष गरी आफ्नो जीवनकालमा ४,००० घण्टाभन्दा बढी समयसम्म समर्पणयुक्त सेवा गरेको व्यक्ति विशेषलार्इ काँस्य, रजत, स्वर्ण स्तरको पुरस्कार लगायत प्रतिष्ठित आजीवन पुरस्कार प्रदान गरिन्छ।

परमेश्वरको मण्डलीले वातावरण सरसफाइ, रक्तदान अभियान, छिमेकीलार्इ सहयोग, विपत्ति राहत, ज्येष्ठ नागरिकहरूको हितको निम्ति विभिन्न स्वयंसेवा गतिविधिहरूद्वारा राष्ट्र र समाजको विकासमा योगदान पुऱ्याएकोले व्यक्ति विशेषलाई दिइने प्रतिष्ठित आजीवन पुरस्कार तथा सङ्गठनलाई दिइने स्वर्ण पुरस्कार(५ पटक)द्वारा मण्डलीलार्इ सम्मान गरिएको छ ।

  • स्वर्ण पुरस्कार (सन् २०१५ डिसेम्बर)
  • स्वर्ण पुरस्कार (सन् २०१५ सेप्टेम्बर)
  • स्वर्ण पुरस्कार (सन् २०१५ जून)
  • स्वर्ण पुरस्कार (सन् २०१४ नोभेम्बर)
  • स्वर्ण पुरस्कार (सन् २०११ जून)
  • आजीवन पुरस्कार (सन् २०११ जून)

एटलान्टा नगर परिषद्बाट घोषणा-पत्र

… परमेश्वरको मण्डलीले माता परमेश्वरको प्रेमद्वारा थुप्रै स्वयंसेवाका गतिविधिहरू गरिरहेको छ । … त्यसैले हामी, एटलान्टा नगर परिषद्‌का सदस्य तथा एटलान्टा नगरवासीहरूको तर्फबाट परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलार्इ मान्यता दिँदछौं । हामी यसको साक्षीको रूपमा एटलान्टा सहरको छाप लगाउछौं ।

नगर परिषद् सीजर सी. मिचेल तथा सिटी परिषद्‌का सबै सदस्य

परमेश्वरको मण्डलीको सम्झनात्मक दिवस घोषणा

डेन्भर, ओर्ल्याण्डो, सान डिएगो लगायतका सहरहरूमा त्यहाँका नागरिकहरूले परमेश्वरको मण्डलीलार्इ सम्झेर मानिसहरूलाई निःस्वार्थ सेवामा सहभागी हुन सुझाव दिँदै सम्झनात्मक दिवस तोकेर घोषणा गरे।

​क्यालिफोर्नियाको सान डिएगो

‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दिवस’ घोषणा

चार्लोट, नर्थ कैरोलिना

‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वव्यापी रक्तदान अभियान दिवस’ घोषणा

म्यारियट्टा, जर्जिया

‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दिवस’ घोषणा

मायामी डेड काउन्टी, फ्लोरिडा

‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दिवस’ घोषणा

ओर्ल्याण्डो, फ्लोरिडा

‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दिवस’ घोषणा

डेन्भर, कोलोराडो

‘स्वर्गीय यरूशलेम दिवस’ घोषणा

Korea Presidential Citation

३ पटकसम्म कोरियाली राष्ट्रपतीय पुरस्कारद्वारा सम्मानित

राष्ट्रपतीय सङ्गठन पुरस्कार (सन् २०१५ मे) ∙ कोरियाली पदक (सन् २००४ अगष्ट) ∙ राष्ट्रपतीय प्रशंसा-पत्र (सन् २००३ फेब्रुअरी)

मण्डलीले आँधी, बाढी र तेल चुहावटले गर्दा क्षति पुगेका ठाउँहरूमा मर्मत-सम्भार कार्य, सेवल-हो जहाज दुर्घटना हुँदा निःशुल्क भोजन आपूर्ति सेवा, वातावरण सरसफाइ, विपत्ति राहत कार्य, समर्थनजस्ता विभिन्न सेवाद्वारा दक्षिण कोरियाको राष्ट्रिय विकास र मेलमिलापमा योगदान पुऱ्याएको कदरस्वरूप सङ्गठनको सर्वोत्कृष्ट सम्मान रहेको राष्ट्रपतीय सङ्गठन पुरस्कार लगायत कोरियाली पदक र राष्ट्रपतीय पुरस्कारद्वारा मण्डलीलार्इ सम्मान गरिएको छ ।

  • सन् २०१५ राष्ट्रपतीय सङ्गठन पुरस्कार
  • सन् २००४ कोरियाली पदक (पाष्टर गिम जुङ नाग)
  • सन् २००३ राष्ट्रपतीय पुरस्कार (महासचिव पाष्टर गिम जु छल)
कोरियाली राष्ट्रपतीय सङ्गठन पुरस्कारद्वारा सम्मानित

सङ्गठनले प्राप्त गर्ने उच्चस्तरीय पुरस्कार

योचाहिँ कुनै निश्चित क्षेत्रमा ५ वर्षभन्दा बढी समयसम्म लगातार सेवाको कार्य गर्ने समूह वा सङ्गठनलाई दिइने पुरस्कार हो । उक्त पुरस्कार धार्मिक सङ्गठनले प्राप्त गर्नु एक उल्लेखनीय कुरा हो । यो पुरस्कारचाहिँ मण्डलीले आँधी, बाढी, तेल चुहावटले प्रभावित क्षेत्रमा मर्मत-सम्भार कार्य, सेवल-हो जहाज दुर्घटना हुँदा नि:शुल्क भोजन आपूर्ति सेवा, समुद्री किनार सरसफाइजस्ता स्वयंसेवा कार्यहरूद्वारा समुद्री वातावरण संरक्षण तथा सुरक्षा लगायत दुर्घटना रोकथाममा योगदान पुऱ्याएको कदरस्वरूप प्रदान गरिएको हो ।

विस्तृत अनुसन्धान र परीक्षण

विजेताहरूको चयनदेखि लिएर सार्वजनिक जाँच र पदकको स्तर निर्णय गर्नेसम्म जटिल अनुसन्धान र जाँचपछि पुरस्कार प्रदान गरिएको थियो ।

पहिलो
समुद्री मामिला तथा मत्स्य मन्त्रालयको वेबसाइटमार्फत जनमत सङ्कलन तथा जाँच
दोस्रो
राष्ट्रिय प्रहरी निकाय, उचित व्यापार आयोग तथा श्रम मन्त्रालयका प्रत्येक विभागहरूबाट जाँच
तेस्रो
सार्वजनिक परीक्षण समितिबाट जाँच गरेपछि सरकारी प्रशासन तथा गृह-मन्त्रालयबाट सिफारिस
चौथो
राज्य परिषद्‌को उपस्थिति
पाँचौं
अन्तिममा राष्ट्रपतिको निर्णयद्वारा पुरस्कार प्राप्त गर्न योग्यको सङ्गठन छनोट

यू.एनको केन्द्रीय आपतकालीन राहत कोष

हाइटी भूकम्प पीडितहरूको निम्ति अनुदान हस्तान्तरण

“गरीबी, अनिकाल र विपत्तिको कारण दुःख भोगिरहेको विश्वका असंख्य मानिसहरूको निम्ति आगामी दिनहरूमा परमेश्वरको मण्डलीसँग यू.एनले सहकार्य गर्न चाहन्छ । यू.एनको दृष्टिकोणबाट हेर्दा यहाँहरूले वास्तवमै संसारलार्इ परिवर्तन गर्न सक्नुहुन्छ।”आमिर दोसाल, साझेदारीका निम्ति यू.एन कार्यालयका कार्यकारी निर्देशक

हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ आयोजित मसीह अर्केष्ट्रा कन्सर्ट

सन् २०१०मा महा-भूकम्पले क्षतिग्रस्त भएका दक्षिण अमेरिकाको हाइटीलाई मद्दत गर्नको निम्ति आयोजित मसीह अर्केष्ट्रा च्यारिटी कन्सर्टमा ८,००० जनाभन्दा बढी व्यक्तिहरूको उपस्थिति थियो ।

जूनमा महासचिव पाष्टर गिम जु छलले यू.एनको केन्द्रीय आपतकालीन राहत कोषलार्इ $ १००,००० सहयोग रकम हस्तान्तरण गरे। यू.एनले एक बैठक बस्नको लागि अनुरोध गरेर सहकार्यको प्रस्ताव राखेको थियो ।

यू.एनको केन्द्रीय आपतकालीन राहत कोषको उच्चस्तरीय सम्मेलनमा

पहिलो पटक मण्डलीलार्इ आमन्त्रण

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको महासचिव पाष्टर गिम जु छलको वक्तव्य

“विश्वले युद्ध, अनिकाल, भूकम्प, मौसम परिवर्तनजस्ता विनाशकारी परिस्थितिहरूको सामना गरिरहेको छ । तसर्थ परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँका ७ अरब मानव-जातिलार्इ आफ्नै परिवारसरह ठान्दछ, र उनीहरूको पर्वाह गरेर वातावरण सरसफाइ अभियान, खाद्यान्न सहयोग गर्नुको साथै आकस्मिक प्रकोप उद्धार टोलीमार्फत विश्वव्यापी रूपमा विभिन्न राहतका कार्यहरू सक्रियतापूर्वक गर्दैआएको छ। परमेश्वरको मण्डलीले गरेका यस्ता सम्पूर्ण मानवहितका गतिविधिहरू आमाको मनबाट आएको हो।”वक्तव्यको सारांश(सन् २०१६ डिसेम्बर १३, न्यूयोर्क यू.एनको मुख्यालय, अमेरिका)

सन् २०१६ डिसेम्बर १३मा अमेरिकास्थित यू.एनको मुख्यालयमा यू.एन केन्द्रीय आपतकालीन राहत कोष(CERF)को उच्चस्तरीय सम्मेलनमा परमेश्वरको मण्डलीलाई आमन्त्रण गरियो। विभिन्न राष्ट्रका प्रतिनिधिहरू, यू.एनका सहायक, पर्यवेक्षकहरू लगायतका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त सम्मेलनमा परमेश्वरको मण्डलीलार्इ आमन्त्रण गरिएको चाहिँ परमेश्वरको मण्डलीद्वारा गरिएका स्वयंसेवा कार्यहरूलार्इ उच्च रूपमा लिइएकोले हो । उक्त दिनमा महासचिव पाष्टर गिम जु छलले वक्तव्यद्वारा “परमेश्वरको मण्डलीले गर्ने मानवहितका यस्ता सम्पूर्ण गतिविधिहरू आमाको मनबाट आएको हो” भनेर भविष्यमा विश्वव्यापी गाउँका विभिन्न समस्याहरू समाधानमा मद्दत पुऱ्याउने प्रतिज्ञा गरे ।

नेपालको शिक्षा मन्त्रालयसँग MOU सम्झौता

नेपालको शिक्षा मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरू पुनर्निर्माणको निम्ति परमेश्वरको मण्डलीसँग ‘मदर्स स्कूल’ प्रोजेक्ट MOU सम्झौता गऱ्यो । संयुक्त रूपमा वातावरण संरक्षण कार्यलार्इ अगाडि बढाउनको निम्ति काठमाडौं सहरसँग MOU सम्झौता गरियो। काठमाडौं सहरले परमेश्वरको मण्डलीद्वारा गरिएका कार्यहरूको कदरस्वरूप सभागृहको वरिपरिको सडकलार्इ ‘मदर्स स्ट्रिट’को नाउँ दियो ।

NEXT

सत्यता

परमेश्वरको मण्डलीले बाइबलका शिक्षाहरूलार्इ जस्ताको तस्तै पालन गर्दछ ।