परमेश्वरको मण्डलीले बाइबलअनुसारपिता परमेश्वर र माता परमेश्वरलार्इ विश्वास गर्दछ ।येशूज्यूले खडा गर्नुभएको नयाँ करार पालन गर्ने र सुनाउने गर्दछ ।
‘परमेश्वरको मण्डली’ भन्ने नाउँको उत्पत्ति पनि बाइबलबाट भएको हो (१ कोर १:२, गला १:१३), र यसमा ‘परमेश्वरले खडा गर्नुभएको मण्डली,’ ‘परमेश्वर मालिक हुनुभएको मण्डली’ भन्ने अर्थ रहेको छ ।
२,००० वर्षअघि मानव-जातिको मुक्तिको निम्ति यो पृथ्वीमा आउनुभएका येशू ख्रीष्ट अनि पत्रुस, यूहन्ना, पावल लगायतका प्रेरितहरू जाने गर्नुभएको सुरुको परमेश्वरको मण्डलीले निस्तार-चाडको साथै ३ चरणका ७ वटा चाडहरू, शबाथ-दिनजस्ता नयाँ करारका सत्यताहरूलार्इ जस्ताको तस्तै अमूल्य ठानेर पालन गरेको थियो ।
सुसमाचार र सेवा
परमेश्वरचाहिँ बाटो, सत्य र जीवन हुनुहुन्छ, अनन्त ज्योति र प्रेम हुनुहुन्छ ।
परमेश्वरको मण्डली, परमेश्वर स्वयम्ले खडा गर्नुभएको र उहाँ वास गर्नुहुने मण्डली भएकोले यो मण्डली सधैँ उज्ज्वल र ऊर्जावान् छ । यो मण्डली साँचो प्रेम, शान्ति, खुशी र आनन्दले भरिएको आत्मिक गुँड हो भन्न सकिन्छ ।
तिर्खाएको बाँझो संसारमा हामीहरू परमेश्वरका सन्तानको रूपमा परमेश्वरको जीवनको पानी बाँड्दै अन्धकारले धुम्मिएको ठाँवैपिच्छे सत्यताको ज्योति चम्काउँदछौं। पिता परमेश्वर र माता परमेश्वरको उदाहरणअनुसार नम्र हृदयले असल कार्य र न्यानो सेवा गर्दछौं । निराशामा डुबेका मानिसहरू फेरि उठ्न सक्ने गरी साहस र आशा दिँदै, चोट लागेकाहरूलार्इ सान्त्वना र प्रोत्साहन दिँदै माताको प्रेम खाँचो परेको ठाँवैपिच्छे सहयोगको हात बढाउँदछौं ।
पवित्र आत्मा र दुलहीकहाँ आओ
सबै मानव-जातिलेमाता परमेश्वरलार्इ भेटेमासाँचो खुशी पाउनेछन् ।
सबै जना सुनौलो भविष्यको सपना लिएर जिउने गर्छन् ।
त्यो सपना पूरा गर्नको निम्ति जीवनको मूल हुनुभएकी माता परमेश्वरलार्इ भेट्नुपर्छ ।
सबै मानव-जाति, वास्तवमा परमेश्वरका सन्तान हुन्। परमेश्वर र हामीबीच बुबा-आमा र छोरा-छोरीको सम्बन्ध रहेको छ । त्यसैले हामीहरू परमेश्वरलाई पिता परमेश्वर र माता परमेश्वर भनेर पुकार्छौं ।
पिता परमेश्वर र माता परमेश्वरचाहिँ यो संसारका सबै मानिसहरूले अनन्त जीवन पाएर खुशी र आनन्द उपभोग गरून् भन्ने चाहनुहुन्छ । यसकारण मानव-जातिलाई “आउनुहोस् … जीवनको पानी लिओस्” (प्रका २२:१७) भनेर बोलाउँदैहुनुहुन्छ ।
परमेश्वरको त्यस्तो इच्छाबमोजिम विश्वभरिका १७५ वटा देशहरूमा रहेको परमेश्वरको मण्डलीका २५ लाख सन्तहरूले राष्ट्रियता, संस्कृति र भाषा मतभेदको बाबजुद विश्वव्यापी गाउँका ७ अरब परिवारमाझ मुक्तिको जीवनको पानी बाँड्दै परमेश्वरको प्रेम सुनाउँदछन् ।
परमेश्वरको मण्डलीले सबै मानव-जाति, माताको प्रशस्त प्रेममा रहँदै अनन्त जीवन र खुशी पाउने होऊन् भन्ने आशा गर्दछ ।
ठेगाना
नयाँ यरूशलेम फान्ग्यो मन्दिर
ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो ३५ (बेग्ह्यन-दोङ ५२६)
सम्पर्क नं. : +८२-३१-७३८-५९९९
फ्याक्स नं. : +८२-३१-७३८-५९९८