अन्तर्राष्ट्रिय खेलकुदमा समर्थन

मण्डलीले मानव-जातिको शान्ति, मेलमिलाप र मित्रताको निम्ति अन्तर्राष्ट्रिय खेलकुदमा समर्थनयुक्त कार्य गर्दै मन र हृदय लगाएर जोशका साथ संसारका मानिसहरूमाझ माताको प्रेम बाँड्दछ ।

परमेश्वरको मण्डलीका ओरा समर्थकले विदेशी खेलाडी टोलीहरूको निम्ति समर्थन गर्ने, अनुवाद गर्ने, प्रवेश समारोह, प्रस्थान समारोह, कोरियाली संस्कृति अनुभव, रङ्गशाला सरसफाइ लगायतका विभिन्न समर्थन तथा स्वयंसेवा कार्यहरूद्वारा संसारका मानिसहरूलार्इ कोरियालीहरूको प्रेम र विचारशीलता उपहारको रूपमा दिइरहेका छन् । उनीहरूले सन् २००७मा कोरियामा आयोजित आनसङ विश्व सफ्ट टेनिस च्याम्पियनशिपमा आफ्नो देशको प्रतिनिधित्व गरेर आएका प्रत्येकलार्इ न्यानोसँग स्वागत् गर्दा धेरै मानिसहरू प्रभावित भएका थिए ।

सन् २००३ देगु समर युनिभर्सियाड खेलकुदमा एक वर्षमा ९०,००० जनाले १७६ वटा देशहरूलार्इ समर्थन गरे । यस्तो कार्यप्रति खेलकुदका सदस्यले “परमेश्वरको मण्डलीको ओरा समर्थकले विश्वको समर्थन इतिहासमा एउटा नयाँ अध्याय थपेर संस्कृतिलार्इ परिवर्तन गराउने कार्य गरेको छ” भन्दै ठूलो प्रशंसा गरे।

संसारको प्रत्येक देशबाट कोरिया आउने विदेशीहरूको संख्या बिस्तारै वृद्धि हुने क्रममा उनीहरूले संसारका मानिसहरूसँग माताको प्रेम बाँड्दै सञ्चार र मेलमिलाप कायम गर्नको निम्ति लगातार समर्थन गरिरहेका छन् ।

  • सन् २००२ कोरिया र जापान विश्वकपको सफल उद्घाटन क्याम्प
  • सन् २००२ बुसान एसियाली खेलकुदमा समर्थन (एक वर्षमा ४,००० जना)
  • सन् २००२ बुसान FESPIC खेलकुदमा समर्थन (एक वर्षमा ३,५०० जना)
  • सन् २००३ देगु समर युनिभर्सियाड खेलकुद १७६ वटा देशहरूलार्इ समर्थन (एक वर्षमा ९०,००० जना)
  • सन् २००४ कोरिया र टर्की मैत्री फुटबल खेलकुदमा समर्थन
  • सन् २००५ कोरिया अन्तर्राष्ट्रिय धनुविद्या खेलकुदमा समर्थन
  • सन् २००५ इन्छन एसियाली एथलेटिक्स खेलकुदमा समर्थन
  • सन् २००७ विश्व सफ्ट टेनिस च्याम्पियनशिपमा समर्थन, आनसङ, कोरिया
  • सन् २०११ विश्व सफ्ट टेनिस च्याम्पियनशिपमा समर्थन, मुन्ग्यङ, कोरिया
  • सन् २०१५ ग्वाङजु समर युनिभर्सियाड खेलकुदमा समर्थन (एक वर्षमा १०,००० जना)
  • सन् २०१६ बुसान गिजाङ महिला बेसबल विश्वकपमा समर्थन

विद्यार्थीहरूको चरित्र शिक्षा

हुर्किंदाको अनुभवले जीवनलार्इ दिशानिर्देश गर्छ। परमेश्वरको मण्डलीका विद्यार्थीहरूले विभिन्न अनुभवहरूद्वारा आफ्नो जीवनको मूल्यलार्इ महसुस गर्दै सही व्यक्तित्व र न्यानो भावना लिन सक्ने गरी सहयोग गर्दछन् ।

विद्यालयको अध्ययनपछि बिदाको लागि कार्यक्रम, हिउँद तथा ग्रीष्मको बिदामा आयोजना गरिने ‘विद्यार्थी शिविर’मार्फत स्थलगत भ्रमण, अनुभव, मनोरञ्जन, स्वयंसेवा, अर्केष्ट्रा कन्सर्ट लगायतका विविध कार्यक्रमहरू विद्यार्थीहरूको निम्ति जारी भइरहेको छ । विद्यार्थीहरूको मासिक पत्रिका <सोउल>, पारिवारिक संवादको निम्ति <खुशी परिवार> इत्यादिद्वारा विद्यार्थीहरूले परिवार, साथीभाइ, ठूलाबडा र शिक्षकहरूसँग मेलमिलाप र आपसी सम्बन्ध कायम राख्न सिकिरहेका छन् ।

समय बित्दैजाने क्रममा विद्यार्थीमा चरित्रको महत्वलाई अझ बढी जोड दिइरहेको हुनाले यस्ता गतिविधिहरूलार्इ विभिन्न क्षेत्रका मानिसहरूले पनि स्वागत गर्दै त्यसलार्इ प्रत्यक्ष चरित्र शिक्षामा सरिक हुने अध्यापकहरू लगायत अभिभावक तथा शिक्षक वर्गहरूले पनि सकारात्मक रूपमा मूल्याङ्कन गरिरहेका छन् ।

प्रशिक्षण, अध्यापन

शिष्टाचार, व्यक्तित्व शिक्षाको साथै विद्यालय हिंसा रोकथामसम्बन्धी शिक्षाहरू दिने गरिन्छ ।

विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई आमन्त्रण गरेर करियर, आपसी सम्बन्ध, स्वविकासजस्ता विद्यार्थीहरूसँग मिल्ने विषयहरूसम्बन्धी विशेष अध्यापन गराइन्छ । योचाहिँ बुबा-आमाको उपस्थितिमा हुने विद्यार्थी शिक्षाको एक स्थान बनिरहेको छ ।

स्थलगत भ्रमणद्वारा सिक्ने र अनुभव गर्ने शिक्षा

कोरियाको राष्ट्रपति निवास, राष्ट्रिय सभागृह, संग्रहालय, स्मारक हल, सुरक्षा अनुभव, संग्रहालयको भ्रमण, अनि हस्त तथा शिल्पकलाको अनुभव इत्यादि ...

सरकारी निकाय लगायत अनेकन सुविधाहरूको अवलोकन गराएर विभिन्न क्षेत्रहरूको अनुभव लिन मद्दत पुऱ्याउँछौं । जीवन्त र स्थलगत शिक्षाद्वारा विद्यार्थीहरूले आफ्नो ज्ञान फराकिलो पार्दै प्रष्ट भविष्यको खाका कोर्दैजान्छन् ।

स्वयंसेवाका गतिविधिहरू

वन, समुद्र, खोलानाला, पार्क, सडक सरसफाइ इत्यादि विश्वव्यापी वातावरण सरसफाइ अभियान

विभिन्न ठाउँलाई सुन्दर तरिकाले सजाउने स्वयंसेवा कार्यको आयोजना गर्दछौं। विद्यार्थीहरूले छिमेकीसँग प्रयोग गर्ने पृथ्वीको वातावरणको महत्वलाई बुझेर परिवार, साथीभाइ, ठूलाबडाहरू, शिक्षक वर्गहरूसँगै सेवाको कार्य गर्दै परिवारको खुशी र सुमधुर आपसी सम्बन्ध बनाउँदैजान्छन् ।

पिछडिएको परिवारलार्इ सहयोग, ज्येष्ठ नागरिकहरूका निम्ति सान्त्वनादायक भोज, ब्रिकेट वितरण, खेती गर्ने गाउँमा सहयोग इत्यादि छिमेकी प्रेमलार्इ व्यवहारमा लागू गर्ने कार्य ...

छिमेकीहरूको सहयोगार्थ असल कार्यहरू गर्दछ । योद्वारा शिष्टाचार, सन्तानोचित कर्तव्य तथा सद्गुण सिकेर एकलै होइन, तर थुप्रै मानिसहरूसँग एकसाथ जिउने तरिका सिक्न सकिन्छ ।

शैक्षिक समर्थन

मण्डलीले छात्रवृत्ति, विद्यालयको शुल्क, विद्यालयको पोशाक, जीविका खर्च इत्यादिमा सहयोग पुऱ्याइरहेको छ।

स्थिर र आशापूर्ण विद्यार्थी जीवनलाई समर्थन गर्दछौं । समान रूपले सिक्ने अवसर दिएर किशोरावस्थालाई अर्थपूर्ण रूपमा बिताउँदै भविष्यको सपना लिन सक्ने गरी
सहयोग गर्दछौं ।

अर्केष्ट्रा कन्सर्ट

राजधानी सउल, ६ वटा महानगरपालिका लगायत देशभरिका ठूला सहरहरूमा कन्सर्ट टुर

विद्यार्थीहरूद्वारा र विद्यार्थीहरूको निम्ति ‘विद्यार्थी अर्केष्ट्रा कन्सर्ट’को आयोजना गर्दछौं। पढाइको बोझ, विद्यालय हिंसा इत्यादिले गर्दा पीडित विद्यार्थीहरूको मनलाई सान्त्वना दिएर हृदयस्पर्शी धूनद्वारा आशा र शक्ति रोपिदिन्छौं ।

नयाँ भजन उत्सव

हिउँद तथा ग्रीष्मको बिदामा गो एण्ड कम प्रशिक्षण प्रतिष्ठानमा नयाँ भजन उत्सवको आयोजना गरियो ।

यो एउटै सोरद्वारा सुन्दर सामञ्जस्यता कायम हुने एकताको स्थान हो। विद्यार्थीहरूले रचना गर्ने स्वर्गीय धुन सारा संसारलाई सुनाउने आशा गर्दछन् ।

NEXT

हिलिङ प्रोजेक्ट

कठिन र थकित जीवनमा न्यानो सान्त्वना बाँड्दछौं।