परमेश्वरको मण्डलीको स्वयंसेवा

हामीहरू जिइरहेको क्षेत्रलार्इ सफासुग्घर गरेर छिमेकीको खुशी र दु:खलार्इ
थोरै भए पनि सँगै बाँड्न कोसिस गर्छौं ।

एक-एक सन्तानको हेरचाह गर्नुहुने माताको मनद्वारा प्रेम र सेवा गर्दै, विचारशीलतालार्इ व्यवहारमा लागू गरेर फोहोर वातावरण सफा गर्दा, चिन्तित भएका छिमेकीको अनुहारमा हाँसोको फूल फुल्यो । हामीलार्इ सेवाको खुशी र मूल्य थाहा दिनुहुने परमेश्वरलार्इ धन्यवाद चढाउँदछौं ।

पवित्र परमेश्वरले होचिएको स्वरूपमा सेवा गर्नुभएको उदाहरणलार्इ पछ्याउने परमेश्वरको मण्डलीका सन्तहरूको स्वयंसेवा कार्य आगामी दिनहरूमा पनि लगातार जारी रहनेछ । विश्वव्यापी गाउँका ७ अरब मानव-जाति सबै खुशी हुनेसम्म ।

विपत्ति राहत कार्य

जीवन पतन भएको क्षेत्रमा
नयाँ आशाको उत्थान

वातावरण संरक्षण

परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वी,
जीवनको आधार संरक्षण गर्दछौं ।

छिमेकीसँगको प्रेम

विश्वव्यापी गाउँका ७ अरब मानव-जाति,
हामी एउटै परिवार हौं ।

रक्तदान अभियान

विश्वव्यापी निस्तार-चाडको प्रेम
जीवन दिने प्रेम, रक्तदान अभियान

सामाजिक समर्थन

सामुदाय र देश, सारा संसारको शान्ति र खुशीलार्इ समर्थन गर्दछौं ।

हिलिङ प्रोजेक्ट

कठिन र थकित जीवनमा
न्यानो सान्त्वना बाँड्दछौं।

देश, भाषार संस्कृतिमा नअल्झीकनसारा संसारमा गरिएको स्वयंसेवा

बाइबलमा, मरिरहेको मानिसलाई बचाउनको निम्ति आफैलाई बलिदान गरेको
असल सामरीको दृष्टान्त लेखिएको छ ।

“जाऊ, तिमी पनि त्यसै गर” भन्ने ख्रीष्टको शिक्षाअनुसार परमेश्वरको मण्डलीका सन्तहरूले ‘माताको प्रेम’ आवश्यक परेका मानिसहरूलार्इ सहयोग गर्दछ । विश्वव्यापी गाउँलार्इ आशाको संसार बनाउने कार्यमा माताले नेतृत्व लिनुहुन्छ, र विश्वभरिका सन्तहरूले उहाँलार्इ पछ्याउँछन् ।

Teachings of Mother

माताको शिक्षा

परमेश्वरको मण्डलीका सन्तहरूको मनमा मानव-जातिको निम्ति सम्पूर्ण कुरा बाँड्ने माता परमेश्वरको प्रेम रहेको छ ।

दिने प्रेम, सुन्दर मन, समुद्रजस्तो फराकिलो मन, कृतज्ञ मन, मालिकको मन, प्रशंसा गर्ने मन, सेवा गर्ने मन, बलिदान गर्ने मन !

माता परमेश्वरको यस्तो असल शिक्षा, ‘माताको शिक्षा’लार्इ व्यवहारमा लागू गर्दै प्रेम सुकेको समाजलार्इ न्यानो रूपले परिवर्तन गराउँदै सबै खुशी हुने संसार बनाउँदै जानेछौं ।

  • परमेश्वरले सदा प्रेम दिनुभएजस्तै प्रेम लिनुमा भन्दा दिनुमा अझ बढी आशिष्‌ हुन्छ ।
  • परमेश्वरको महिमा गरेमा त्यो महिमा आफैँमा फर्कन्छ ।
  • सुन्दर मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।
  • अब्राहामले भतिजा लोतको निम्ति असल चीज त्याग गर्दा अझ उत्तम कुराको आशिष् पाएजस्तै हामीले पनि दाजुभाइ दिदीबहिनीको निम्ति असल चीज त्याग गऱ्यौं भने अझ उत्तम आशिष् पाउँछौं ।
  • अहङ्कारी मन भनेको असन्तुष्ट मन हो ।
  • अरूहरूले काम गरेनन् भनेर हामीले गुनासो नगरी आफूले गर्नुपर्ने काम ईमानदारसाथ गरौं । मालिकको जस्तो मन लिएर काम गर्दा गाह्रो लाग्दैन, र आनन्दित मनले काम गर्न सकिन्छ ।
  • गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ । सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गरेमा गुनासो र अहङ्कार हटेर जान्छ, अनि नम्रताले हृदयमा वास गर्छ ।
  • दाजुभाइ दिदीबहिनीको प्रशंसा गरेमा प्रशंसा आफैँमा फर्कन्छ ।
  • समुद्रले सम्पूर्ण फोहोर-मैला लिएर शुद्ध गराएजस्तै सम्पूर्ण दाजुभाइ दिदीबहिनीको गल्तीलार्इ समेत ढाकछोप गर्न सक्ने समुद्रजस्तै फराकिलो मन नै सच्चा सुन्दर मन हो ।
  • थुमाद्वारा डोरिन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ ।
  • ठूलो भाँडा बन्नको लागि बलिदानको आवश्यकता पर्दछ ।
  • हामीले वर्तमान कष्टहरू सहँदै धैर्य गर्नुपर्ने कारणचाहिँ स्वर्ग-राज्यले हामीलार्इ पर्खिरहेकोले गर्दा हो ।
  • परमेश्वर सेवा गर्न यो पृथ्वीमा आउनुभयो । त्यसैले सेवाको अपेक्षा नगरी आपसमा सेवा गर्ने मन नै परमेश्वर खुशी हुनुहुने मन हो ।
NEXT

विपत्ति राहत कार्य

जीवन पतन भएको क्षेत्रमा नयाँ आशाको उत्थान