दक्षिण कोरिया, २१औँ शताब्दीको तीर्थयात्रा

धेरै मानिसहरूले ख्रीष्टको पाइलालार्इ पछ्याउँदै इस्राएलको यरूशलेमलार्इ खोजिरहेको
भए पनि, बाइबलअनुसार यो युगमा पवित्र आत्मा र दुलही आउनुभएको देश, माता परमेश्वरलार्इ भेटेर अटूट प्रेमले प्रभावित भर्इ जीवनको वचनलार्इ सीधै सुन्न र सिक्न
सकिने देश, दक्षिण कोरिया अझ विशेष ठाउँ हो ।

हिजोआज विश्वका धेरै मानिसहरूले माताको देश, कोरिया भम्रण गर्नुको कारण नै यही हो। सारा संसारका सन्तहरूले कोरिया भ्रमण गर्नु भनेको तीर्थयात्रा गर्नुजस्तै हो ।

विदेश भ्रमण टोलीको ७० पटक भ्रमणवार्षिक औसत १,५०० जना

सन् २०००देखि विदेश भ्रमण टोली ७० पटकभन्दा बढी कोरिया भ्रमणमा आएका छन् । वर्षमा १,५०० जना सन्तहरू माताको प्रेमलार्इ महसुस गर्नुको साथै कोरियाको विभिन्न संस्कृति अनुभव गरेर फर्किएका छन्। यी सबै परिवारलार्इ हेरचाह गर्नुहुने माताको प्रेमको उपज हो।

प्रत्येकलार्इ न्यानो प्रेम दिनुहुने माताका कार्यहरूले गर्दा विश्वका धेरै मानिसहरू कोरिया भ्रमण गर्ने आशा गर्छन् । आगामी दिनहरूमा पनि परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँका परिवारहरूलार्इ परमेश्वरको प्रशस्त प्रेमको साथै कोरियाको न्यानो प्रेम र संस्कृतिको विषयमा सारा हृदयले सुनाउनेछ ।

बाइबलको अगमवाणी

बादलझैँ, ढुकुरझैँ

विश्वका धेरै मानिसहरू पूर्वको पल्लो छेउको देश, कोरियामा आउने कारणचाहिँ
बाइबलमा त्यस विषयको अगमवाणी भएकोले हो ।

बाइबलमा जाति-जाति स्वर्गीय यरूशलेम माताकहाँ आउनेछन् भनेर अगमवाणी गरिएको छ। त्यो अगमवाणीअनुसार विश्वको प्रत्येक क्षेत्रका सन्तहरू माता परमेश्वरलार्इ भेट्न ‘बादलझैँ, ढुकुरझैँ’ कोरियामा आइरहेका छन् । माताको प्रेम सिकेर महसुस गरी आफ्नो देशमा फर्किएर व्यवहारमा लागू गर्नु उनीहरूको आकांक्षा हो ।

जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन् … बादलझैँ
उड्ने र ढुकुरझैँ तिनीहरूका गुँडतिर उड्ने यी को हुन् ?यशैया ६०:३-८

विदेशका सन्तहरूको अन्तर्वार्ता

सत्यता ग्रहण गरेर पिता परमेश्वर र माता
परमेश्वरलार्इ महसुस गर्न पाएकोमा
साँच्चै खुशी छु ।

“वास्तवमा यो भूमिचाहिँ स्वर्गीय माता रहनुहुने अगमवाणीको भूमि हो। त्यसैले म माताबाट मात्र पाउन सकिने जीवनको पानी ग्रहण गर्न कोरियामा आएको हुँ ।”

नेथन

मेम्फिस, अमेरिका

“म कोरियामा अझ ठूलो महसुस प्राप्त गर्न र आत्मिक तृष्णाले पिरोलिरहेको फ्रान्स र यूरोपमा परमेश्वरको वचन सुनाउनको निम्ति आएको हुँ ।”

जिल

पेरिस, फ्रान्स

“साँच्चै हाम्री माता, सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ । माताको महिमालार्इ मैले आफ्नै आँखाले प्रत्यक्ष देख्न पाएँ ।”

कार्लोस फ्र्याङ्क

फोसेट, पेरु

“मैले परमेश्वरको मण्डलीलार्इ नत्याग्ने आखिरी कारण नै माता परमेश्वर हुनुहुन्छ। बाल्यकालदेखि नै मैले सधैँ माता परमेश्वरको चाह गरेको थिएँ, र यो मण्डलीले मात्रै मलार्इ हाम्री स्वर्गीय मातासम्बन्धी गहन सत्यता सिकायो ।”

डेभिड

सान डिएगो, संयुक्त राज्य अमेरिका

“माताको अनुग्रहलार्इ अभिव्यक्त गर्ने शब्दहरू नै छैनन् जस्तो लाग्छ । कोरियामा मातालार्इ भेटेर मात्रै माताले सबैलार्इ दिनुहुने प्रेम बुझ्न सकें।”

जेम्स

म्यानचेष्टर, संयुक्त अधिराज्य

“माथिको यरूशलेम हाम्री माता हुनुहुन्छ । म बाइबलका सबै अगमवाणीहरूलार्इ विश्वास गर्छु, र मातालार्इ विश्वास गर्छु । मैले माता नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा थाहा पाएकी छु ।”

ल्यूडमिला

ब्लागोभेस्चेन्स्क, रूस

“यस पटकको भ्रमणद्वारा माता साँच्चै परमेश्वर हुनुहुन्छ, र उहाँले नै हामीलार्इ चुन्नुभएको हो भन्ने कुरा महसुस गरें ।”

मार्क

बर्लिन, जर्मनी

“मलार्इ आशिष् दिन कोरिया आउने अनुमति दिनुभयो, र अन्त्यका दिनहरूमा अगमवक्ता हुने मौका प्रदान गर्नुभयो ।”

एलेक्स

केप टाउन, दक्षिण अफ्रिका

“यहाँ कोरियामा पाएको यी सम्पूर्ण आशिष् र आत्मिक भोजनद्वारा म एङ्गोलामा फर्केर गएपछि, आफ्नो जिन्दगीलार्इ सुसमाचारमा सक्दो समर्पित गर्न चाहन्छु ।”

जुआङ

एङ्गोला, लुआन्डा

“मैले जे गरे पनि पिता-माताले गर्नुभएको त्यो महान् प्रेम र बलिदानलार्इ चुकाउन अपुग हुनेछ । मैले थोरै भए पनि गर्न सक्ने कुरा भनेको मातालार्इ यो पृथ्वीमा महिमा र प्रशंसा दिलाउन आफूलार्इ पूर्ण रूपमा समर्पित गर्नु हो ।”

जोन

बेलभिल, न्यू जर्सी, संयुक्त राज्य अमेरिका

अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

विश्वका विद्वान्‌हरूले एक ठाउँमा भेला भएर दिएको 'माता परमेश्वर'को गवाही

विगत हजारौँ वर्षदेखि बाइबलविद्हरूले खोल्न नसकेको बाइबलको रहस्य !
अन्तर्राष्ट्रिय बाइबल गोष्ठीमार्फत त्यस रहस्यको साँचो नै 'माता परमेश्वर' हुनुहुन्छ भन्ने कुरा प्रकट गरियो । आध्यात्मविद्या, इतिहास, स्नायु विज्ञान, अन्तरिक्ष विज्ञान गरी प्रत्येक संकायका विशेषज्ञहरूले बाइबलबाट सुरु गरेर विस्तृत उदाहरण र प्रमाणहरूको आधारमा माता परमेश्वरको अस्तित्व, उहाँको प्रेम र भूमिकाको महत्वबारे गहन रूपले गवाही दिए ।

बाइबलले गवाही दिएको माता परमेश्वर

मुख्य वक्तव्य

“बाइबलमा ‘परमेश्वरहरू’ भन्ने अर्थ बोकेको ‘एलोहिम’ भन्ने शब्द करीब २,५०० पटक देखा परेको छ । योचाहिँ विगत हजारौँ वर्षदेखि बाइबलविद्हरूले खोल्न नसकेको रहस्य हुनुको साथै बाइबलमा गवाही दिइएको माता परमेश्वरको अस्तित्व मात्र पत्ता लगाउन सकियो भने सजिलैसँग समाधान हुने कुरा हो ।

मानव-जातिले मुक्ति पाउनको निम्ति बाइबलमा गवाही दिइएको माता परमेश्वरलार्इ अनिवार्य खोज्नुपर्छ ।”

महासचिव पाष्टर गिम जु छल

अन्तरिक्ष विज्ञान

विशाल ब्रह्माण्डमा जीवनको मूल, स्वर्गीय माता

“आमाद्वारा जीवन पाउने सम्पूर्ण जीवित प्राणीहरूमार्फत अनन्त जीवनको मूल नै माता परमेश्वर हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।”

अगष्ट हुहो क्रुज
August Hugo Kruesi

राजनीति विज्ञान

सन्तुलन ल्याउने माताको प्रेम

“पृथ्वीलार्इ पूर्ण सन्तुलनमा ल्याउने तरिका भनेको परमेश्वरको वचन रहेको बाइबललार्इ विश्वास गर्दै माता परमेश्वरको प्रेमलार्इ महसुस गर्नु हो ।”

पल रिर्चाड विल्कोक्स
Paul Richard Wilcox

चिकित्सा विज्ञान

माइटोकोन्ड्रियल वंशानुक्रम

“हामीलार्इ जीवन दिने माइटोकोन्ड्रियल इभको वास्तविकताचाहिँ अनन्त जीवन दिनुहुने माता परमेश्वर हुनुहुन्छ ।”

एलियास कैसेडो
Elias Caicedo

इतिहास विज्ञान

इतिहास विज्ञानको दृष्टिकोणबाट माता परमेश्वरको अस्तित्वको महत्व

“मानसिक र शारीरिक स्थिरताले समाजको विकासमा धेरै योगदान पुऱ्याउँछ । यी सबै कुरा मूलतः आमाबाट आउँदछ ।”

कार्लोस गुटिएरेज
Carlos Gutierrez

WATV अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

सीधै वेबसाइटमा जाने

NEXT

सेवाको उद्देश्य

‘अमूल्य जीवन बचाउनु’