‘तैंले आफ्नो छिमेकीलार्इ आफैलाई जस्तै प्रेम गर्नु'

परमेश्वरले बाइबलमा “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर” भन्नुहुँदै असल सामरीको दृष्टान्तद्वारा डाँकूको फेला परेको मानिसको साँचो छिमेकीचाहिँ आफ्नो समय, कमाइ खर्चेर बलिदान गर्दै उसका घाउहरूमा पट्टी बाँधिदिएर हेरचाह गर्ने मानिस हो भन्ने शिक्षा दिनुभएको छ।

परमेश्वरको मण्डलीले छिमेकीलार्इ आफ्नै शरीरझैँ, आफ्नै परिवारझैँ ठानेर माताको न्यानो प्रेमको जरूरत परेकाहरूकहाँ गई गाह्रो र थकित भएको मनलाई सान्त्वना र प्रोत्साहन दिँदै सहायताको हात बढाइरहेको छ ।

अहिले यो क्षणमा पनि ७ अरब मानव-जातिको निम्ति माताको प्रेम बाँड्ने कार्य विश्वको ठाउँ-ठाउँमा नरोकीकन जारी भइरहेको छ। गायाक्वील मण्डली, इक्वेडर

बाल कल्याण केन्द्र तथा अशक्त कल्याण केन्द्रको सान्त्वनादायक भ्रमण

परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँका बाल-बालिकाहरूले अझ राम्रो वातावरणमा सिक्न सकून् भन्ने आशा गर्दछ। विद्यालयलार्इ शैक्षिक सामग्रीहरूको साथै सुविधाहरू पनि प्रदान गर्दछ ।

प्रेमको गिम्छी तयारी

परमेश्वरको मण्डलीले, जाडोयाममा परिवारहरूको निम्ति सारा हृदय लगाउनुहुने आमाको मनद्वारा गिम्छी बाँड्ने कार्यक्रमको आयोजना गरिरहेको छ ।
जाडोयाममा छिमेकीहरूले गिम्छी बनाउने भएकोले ताजा चाइनिज साग(बेछु) छानेर धेरै साग र मरमसलाहरूद्वारा स्वादिष्ट गिम्छी बनाउने गरिन्छ।

यसरी बनाइएको गिम्छी, एकल जीवनयापन गर्ने ज्येष्ठ नागरिक, एकलो सन्तानको रूपमा परिवारको निम्ति काम गर्ने विद्यार्थी तथा कम आयस्रोत भएका परिवारलार्इ वितरण गर्दछौं ।

प्रेमको ब्रिकेट वितरण

शरीरको तापक्रमचाहिँ अरूहरूसँग बाँडे तापनि ३६.५℃भन्दा तल झर्दैन, बरु अझ तातो हुन्छ । प्रेम पनि त्यस्तै हो । सन्तहरूले प्रत्येक ब्रिकेट, प्रत्येक बोतल तेलपिच्छे प्रेमलार्इ पूर्ण रूपमा भरेर वितरण गर्दै छिमेकीसँग न्यानो प्रेम बाँडिरहेका छन् ।

वृद्धाश्रमको सान्त्वनादायक भ्रमण रज्येष्ठ नागरिकहरूको निम्ति सान्त्वनादायक भोज तथा केश काट्ने सेवा

सबै कुरा दिए तापनि अझ दिन नसकेकोले व्याकुल हुनुभएका
सम्पूर्ण बुबा-आमाहरूलार्इ हामीहरू थोरै भए पनि खुशी दिलाउन चाहन्छौं ।
हजुरबुबा, हजुरआमा, स्वस्थ रहनुहोस् !

खेती गर्ने गाउँहरूमा सहयोग

असल फलचाहिँ आफै फल्दैन ।
वर्षभरि पसिना बगाउँदै खेत-बारीको हेरचाह गर्ने किसानलार्इ
हामी थोरै भए पनि सहयोग गर्दछौं ।

NEXT

रक्तदान अभियान

विश्वव्यापी निस्तार-चाडको प्रेमजीवन दिने प्रेम, रक्तदान अभियान