आमाको मन समाविष्ट हिलिङ कन्सर्ट

उनीहरूले परिवार खुशी हुन सकून् भनी आशा गर्नुहुने आमाको मनलार्इ समावेश गरेर अर्केष्ट्रामा धुन बजाए । परिवारलार्इ आमन्त्रण गरेर धुन बजाउने, छिमेकीसँगै धुन बजाउने कार्यक्रमहरूको तयारी गरी परिवार र छिमेकीबीच सञ्चार र मेलमिलापको अवसर सृजना गरेर उनीहरूले व्यस्त दैनिक जीवनमा आउने तनावका कारण थकित भएका आधुनिक मानिसहरूलार्इ आराम, सान्त्वना र शान्ति दिँदछन्।

उनीहरूले हाइटी तथा चिलीका भूकम्प पीडितहरू, थाइल्याण्डका बाढी पीडितहरूको सहयोगार्थ कन्सर्टहरूको आयोजनाद्वारा राहत सङ्कलन गरी कठिनाइमा परेका विश्वव्यापी गाउँका छिमेकीहरूलार्इ सहयोग पुऱ्याउँदै सारा हृदयले साहस र आशा दिए।

हाम्री आमा लेख तथा तस्वीर प्रदर्शनी

अति तिर्सना लाग्ने अस्तित्व ‘आमा’ । योचाहिँ संसारका सबै छोरा-छोरीहरूलार्इ शक्ति दिनुहुने आमाको प्रेम र बलिदान महसुस गराएर जिउने आशा र साहस दिनको निम्ति आयोजना गरिएको प्रदर्शनी हो।

सन् २०१३ जुनमा सउलको गाङनाम क्षेत्रबाट सुरु गरेर सन् २०१७ जुनसम्म नयाँ यरूशलेम फान्ग्यो मन्दिर लगायत राष्ट्रभरिका ५७ वटा क्षेत्रहरूमा प्रदर्शनीको आयोजना गर्दा ६ लाख भन्दा बढी मानिसहरूले प्रभावित भएर तातो आँसु झारे ।

कोरियामा ‘हाम्री आमा’ नामक प्रदर्शनीप्रतिको तातो प्रतिक्रियाचाहिँ पृथ्वीको विपरीत दिशा हुँदै अमेरिकाको न्यूयोर्क म्यानहेटन र चिलीको सान्टिएगो मण्डलीसम्म पुगेर त्यहाँ पनि प्रदर्शनीको आयोजना भएको थियो । अमेरिकाको ब्रुकलिन क्षेत्रबाट, “अरूहरूको जीवनलार्इ सकारात्मक बनाउनको निम्ति योगदान गर्ने प्रदर्शनीको आयोजना गरेकोमा धन्यवाद” भन्दै प्रशंसा-पत्र प्रदान गरिएको थियो।

व्यस्त दैनिक जीवन बिताउने वर्तमान समयका मानिसहरूले अनन्त जन्मथलो हुनुभएकी आमाको प्रेम र बलिदानको साथै परिवारको मूल्य र जीवनको अर्थलार्इ आमाको गहिरो प्रेममार्फत फेरि महसुस गरिरहेका छन् ।

NEXT

मुख्य पुरस्कार वा अन्तर्राष्ट्रिय सम्बन्ध

मानव-जातिप्रतिको परमेश्वरको प्रेममासारा संसार प्रभावित भइरहेको छ ।