ओग्छन गो एण्ड कम प्रशिक्षण प्रतिष्ठान

‘गो एण्ड कम(Go & Come)’ भन्ने शब्दमा ‘सारा संसारमा गएर(GO) सुसमाचार प्रचार गर’ भन्ने वचन, अनि ‘जीवनको पानी लिन आओ’ भन्नुहुने पवित्र आत्मा र दुलहीको आवाज सुनाएर सबै जातिलार्इ स्वर्गीय पिता र माताको काखमा डोऱ्याऔं भन्ने अर्थ रहेको छ ।

१५ हजार जनाभन्दा बढीलार्इ भेला गर्न सकिने यो ठाउँमा विश्व सुसमाचारको सक्रियताको निम्ति सन्तहरूको प्रशिक्षण, मण्डली गतिविधि, कोरिया भ्रमण गरेका विदेशी सन्तहरू लगायत राष्ट्रभरिका पादरी कर्मचारीहरूको प्रशिक्षण, विभिन्न गोष्ठी, क्षेत्रीय समाजको विकास तथा एकताको निम्ति कार्यक्रमहरूको आयोजना गरिन्छ ।

एलोहिम प्रशिक्षण प्रतिष्ठान

‘एलोहिम’ भन्ने हिब्रू शब्दमा ‘परमेश्वरहरू’ भन्ने अर्थ रहेको छ । पिता परमेश्वर र माता परमेश्वरले सृष्टि गर्नुभएको सुन्दर प्रकृतिमा विश्वभरिका सन्तहरूले प्रेमले भरिपूर्ण ख्रीष्टको स्वभाव लिएर हुर्किन सक्ने गरी यहाँ विभिन्न प्रशिक्षणका कार्यक्रमहरूको आयोजना गरिन्छ ।

यहाँ विदेश भ्रमण टोलीको निम्ति कोरियाली संस्कृति अनुभव कार्यक्रमको साथै छिमेकीहरूको लागि पनि कार्यक्रमहरूको आयोजना गरिन्छ ।

दोङबेग प्रशिक्षण प्रतिष्ठान

प्रधान कार्यालयको नजिक अवस्थित अनुकूल वातावरणले सजिएको दोङबेग प्रशिक्षण प्रतिष्ठानमा कोरिया भ्रमण गर्ने विदेशी सन्तहरूको प्रशिक्षण तथा राजधानी क्षेत्रका सन्तहरूको प्रशिक्षण कार्यक्रमहरूको आयोजना गरिन्छ ।

जनिसान प्रशिक्षण प्रतिष्ठान

यहाँ राष्ट्रभरिका पादरी कर्मचारीहरूको प्रशिक्षण तथा सन्तहरूको निम्ति बाइबल गोष्ठी लगायतका कार्यक्रमहरूको आयोजना गरिन्छ ।

जेजु प्रशिक्षण प्रतिष्ठान

यहाँ राष्ट्रभरिका पादरी कर्मचारीहरूको प्रशिक्षण तथा सन्तहरूको निम्ति बाइबल गोष्ठी लगायतका कार्यक्रमहरूको आयोजना गरिन्छ ।

आध्यात्मिक प्रशिक्षण केन्द्र

आध्यात्मिक प्रशिक्षण केन्द्रचाहिँ पादरी कर्मचारी उत्पादन गर्ने व्यावसायिक प्रशिक्षण निकाय हो । यस निकायमा ‘सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार प्रचार गर’ भन्ने परमेश्वरको इच्छालार्इ शिरोपर गरी सारा संसारमा परमेश्वरको वचन प्रचार गर्दै सन्तहरूको हेरचाह गर्ने पादरी कर्मचारीहरूलार्इ हुर्काउने र प्रशिक्षण दिने गरिन्छ ।

सीधै वेबसाइटमा जाने

परमेश्वरको मण्डलीको ऐतिहासिक संग्रहालय

योचाहिँ मानव-जातिको सुरुदेखि बाइबलको इतिहास तथा वर्तमान, भविष्यसम्म एकै चोटी हेरेर अनुभव गर्न सकिने, तेस्रो-आयामिक रूपको बाइबलको ऐतिहासिक संग्रहालय हो । यहाँ परमेश्वरको उदात्त प्रेम तथा बलिदान रहेको सुसमाचारको इतिहासलार्इ पनि निश्चित गर्दै अनुभव गर्न सकिन्छ ।

मसीह अर्केष्ट्रा

मसीह अर्केष्ट्रा, परमेश्वरको मण्डलीका सन्तहरूद्वारा बनिएको अर्केष्ट्रा हो । मसीह अर्केष्ट्राले एलोहिम परमेश्वरको प्रशंसा गर्नुको साथै छिमेकी तथा समाजको लागि विभिन्न कन्सर्टहरूको आयोजना गरेर संस्कृति सञ्चार र स्वयंसेवा गतिविधिहरू गर्दछ।

मसीह अर्केष्ट्राले विपत्ति पीडितहरूको सहयोगार्थ अर्केष्ट्रा कन्सर्ट, कोरियामा बसोबास गर्ने विदेशीहरू तथा छिमेकीहरूसँगै कन्सर्टहरू गरेर विश्वका मानिसहरूमाझ परमेश्वरको प्रेम र आशा बाँडिरहेको छ ।

सीधै वेबसाइटमा जाने
NEXT

विश्वभर

संसारको छत हिमालयमा पनि,अमेजन जंगलमा पनि नयाँ करार पालन गरिन्छ।