निस्तार-चाडको उपलक्ष्यमा विश्वव्यापी वातावरण सरसफाइ अभियान

ख्रीष्टले मानव-जातिलार्इ अनन्त जीवन दिन खडा गर्नुभएको नयाँ करार निस्तार-चाड ! परमेश्वरको मण्डलीले निस्तार-चाडमा रहेको ख्रीष्टको प्रेम र बलिदानलार्इ उदाहरणको रूपमा लिएर जीवनको आधार, यो पृथ्वीलार्इ संरक्षण गर्दै छिमेकीहरूको स्वास्थ्य र खुशीको निम्ति संसारका विभिन्न ठाउँहरूको प्रदूषित वातावरणलार्इ स्वच्छ पार्दछ ।

सोच्दै नसोचीकन फालेका फोहोरहरू सङ्कलन, वृक्षारोपण, झार-पातहरू उखल्ने जस्ता विभिन्न गतिविधिहरू गर्दै वातावरण संरक्षण अभियानहरू सञ्चालन गर्दछ ।

परिवार, छिमेकी, साथी र चिनाजानाहरूसँग गरिने स्वयंसेवाका गतिविधिहरूले पारिवारिक मेलमिलाप, छिमेकीहरूबीचको सञ्चार एवम् बालक र विद्यार्थीहरूको व्यक्तित्व शिक्षामा पनि सकारात्मक भूमिका निर्वाह गर्दछ ।

150

सहभागी देश

2,200

सहभागी शहर

3,000

कार्यको संख्या

पार्क र सडक सरसफाइ

हामीहरू परिवार र छिमेकीहरू दुवै स्वस्थ रहन सकून् भनेर, दैनिक आवतजावत गर्ने सडक, पार्क, खेल मैदान, बजार तथा व्यापारिक क्षेत्रहरू सफा गर्दछौं ।

हामीहरू सडकमा मात्र नभएर मानिसहरूको आँखा र हात नपुगेको कुनाकाप्चाका फोहोरहरूलार्इ समेत सावधानीपूर्वक उठाउने, घाँसहरू हटाउने र शहरको आश्रयस्थल अर्थात् पार्कहरूमा छोडिएका फोहोरहरू उठाउने कार्य पनि गर्दछौं ।

स्वच्छ सडक र सुन्दर पार्कमा हिँड्ने मानिसहरूको मनलार्इ समेत ताजगी मिल्छ ।

समुद्र तथा नदी सरसफाइ

पानीचाहिँ जीवनको मूल हो ।
बहुमूल्य पानीको संरक्षण गर्नु भनेको मानव-जातिको जीवन बचाउनु जस्तै हो ।
हामीले विभिन्न क्षेत्रका धारा, खोल्सा, समुद्री किनारलार्इ दूषित बनाउने फोहोरहरू सङ्कलन गरेको हुँदा देशका बासिन्दा तथा पर्यटकहरूले पनि सुन्दर प्रकृतिमा जीवनयापन गरिरहेका छन् ।

वन संरक्षण

सफा र स्वच्छ हावा दिने पर्वत र वनहरू !
हामी र सन्ततिहरू अझ स्वच्छ हावामा जिउन सक्ने गरी पैदल यात्रा गरिने सडक सरसफाइ गर्ने, देशका बोट-बिरुवाहरूलार्इ बाधा दिने झार-पातहरू उखेल्ने, वन प्रणालीको रक्षा गरेर वन्यजन्तु तथा बोट-बिरुवाहरूलाई पनि सँगै स्वस्थ तुल्याउने कार्य गर्छौं ।

वातावरण संरक्षणसम्बन्धी जनचेतना जागरण

पृथ्वीको वातावरण संरक्षणचाहिँ सबै मानव-जातिले गर्नुपर्ने कार्य भएकोले हामीहरू विभिन्न वातावरण प्रशिक्षण तथा अभियानहरूमार्फत वातावरण समस्याको साथै वातावरण संरक्षणको आवश्यकता जानकारी गराउँदछौं ।

अरूभन्दा मालिकको मन लिएर वातावरण संरक्षणको निम्ति लगातार कार्य गरेको हामीहरूको स्वरूप देखेर कोरिया लगायत विभिन्न देशका मानिसहरू सँगै सहभागी भएकाले वातावरण संरक्षणप्रतिको गहिरो चेतना फैलिरहेको छ ।

NEXT

छिमेकीसँगको प्रेम

विश्वव्यापी गाउँका ७ अरब मानव-जाति, हामी एउटै परिवार हौं ।