स्वर्गीय माताको प्रेमले भरिएकोनयाँ यरूशलेम मन्दिर

योचाहिँ जीवनको पानीको मूल हुनुभएकी स्वर्गीय माताको प्रेम
उम्रिएर सम्पूर्ण शहर तथा विश्वको प्रत्येक देशका सन्तहरूले खोज्ने
सत्यताको मन्दिर हो ।

विगतको समयमा इस्राएलको यरूशलेमचाहिँ आशिषित भूमिको
रूपमा इतिहासमा रहेझैँ मानव-जातिले आशा गरेको अनन्त
जीवनको आशिष्‌ दिनुहुने नयाँ यरूशलेम स्वर्गीय माताको
प्रशस्त प्रेम भएको यो ठाउँ, विश्वभरिका मानिसहरूलार्इ
न्यानो सान्त्वना र शान्ति प्रदान गर्ने विश्रामस्थान भएको छ ।

यरूशलेम मन्दिरबाट निस्कने जीवनको पानी प्रवाह भएको सबै ठाउँहरू पूर्ण जीवित भएजस्तै (इज ४७:१~१२) नयाँ यरूशलेम मन्दिरबाट सारा संसारका ७ अरब मानव-जातितर्फ माताको प्रेम र मुक्तिको हर्षपूर्ण खबर प्रवाह भइरहेको छ ।

नयाँ यरूशलेम फान्ग्यो मन्दिर

७ अरब मानव-जातिको मुक्ति तथा विश्व सुसमाचारमा
नयाँ यरूशलेम फान्ग्यो मन्दिरको मुख्य भूमिका रहेको छ ।
महिमित र सुन्दर यो भव्य मन्दिरमा आराधना हल लगायत विभिन्न कक्षहरू छन् ।

यो ठाउँमा निस्तार-चाडको उपलक्ष्यमा रक्तदान अभियान, मसीह अर्केष्ट्रा कन्सर्ट, ‘हाम्री आमा’ लेख तथा तस्बीर प्रदर्शनी लगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरेर सन्त र छिमेकीहरूको जीवनलार्इ शक्ति प्रदान गर्ने कार्य भइरहेको छ ।

Church of God in Korea

दक्षिण कोरियाको इतिहाससँगै उदाएको परमेश्वरको मण्डली

देशको प्रत्येक क्षेत्रमा रहेको परमेश्वरको मण्डली

सउल लगायत ६ वटा महानगरीय शहर तथा ग्यङगी, गाङवन, छुङछङ, ग्यङसाङ, जन्ला, जेजुसम्म गरी देशका प्रत्येक क्षेत्रहरूमा खडा भएको परमेश्वरको मण्डली

सफा र भव्य मन्दिरहरू क्षेत्रअनुसार विशेष गुण र सुन्दरतासहित सरल र प्रभावकारी रूपमा निर्माण भइरहेको छ। उज्यालो र न्यायो माहोलमा सन्तहरू लगायत छिमेकीहरू पनि आनन्दसाथ मण्डलीमा आइरहेका छन् ।

एलोहिम परमेश्वरको शिक्षाअनुसार समाजको हित हुने उदाहरणीय सुकर्मद्वारा सन्तहरू सुन्दर मन र हँसिलो मुहारका साथ छिमेकीहरूको पक्षमा छन् ।

NEXT

विदेश भ्रमण टोली

माता परमेश्वरसँगको दर्शनभेट