निस्तार-चाडचाहिँ परमेश्वरको देह र रगतद्वारा अनन्त जीवन प्राप्त गर्ने अमूल्य चाड हो । हामीहरू निस्तार-चाडमार्फत मानव-जातिलार्इ अनन्त जीवन दिनुहुने परमेश्वरको प्रेम र बलिदानको उदाहरण लिएर, जीवन जोखिममा परेकालार्इ बचाउनको निम्ति विश्वभर ‘विश्वव्यापी निस्तार-चाडको प्रेम, जीवन दिने प्रेम, रक्तदान अभियान’को आयोजना गर्दछौं ।

१ जनाको रक्तदानद्वारा रगतको घटकअनुसार ३ जनाको जीवन बचाउन सकिन्छ भन्ने गरिन्छ। अहिलेसम्म आयोजना गरिएका रक्तदान अभियानहरूद्वारा २ लाख ७ हजार जनाको जीवन बचाएसरह हो । साना बाल-बालिकादेखि विद्यार्थी, वयस्क, ज्येष्ठ नागरिक गरी धेरै मानिसहरूले फेरि नयाँ जीवन पाइरहेका छन् । उनीहरूका परिवारहरूले पनि फेरि आशा र खुशी पाइरहेका छन् ।

संस्कृति र दैनिक जीवन शैली फरक भएको प्रत्येक देशका मानिसहरू पनि रक्तदानमा सहभागी भएकाले देशमा रगत अभावको समस्या समाधान हुने र रक्तदान गर्नमा हौसला मिल्नेजस्तो असल प्रभाव परिरहेको छ ।

804

कार्यक्रमको संख्या

175,796

सहभागीहरूको संख्या

69,047

रक्तदाताको संख्या

एक जनाको रक्तदानले तीन जनाको जीवन बचाउँछ ।

कोरिया लगायत अन्य विकसित देशहरूमा पनि रक्त आपूर्तिमा कठिनाइ छ। विकसित देशका जनताहरूभन्दा अन्य देशका जनताहरूमा रक्तदानसम्बन्धी ज्ञानको कमी भएको अवस्था छ। परेमश्वरको मण्डलीले विश्वव्यापी रक्तदान अभियानद्वारा रक्तदानको आवश्यकता र महत्वसम्बन्धी चेतना जगाइरहेको छ। उद्योगको विकासले हामीलाई आवश्यक पर्ने सबै चीज उत्पादन गर्न सक्ने त्यस्तो युगमा हामीहरू रहेको भए तापनि हाम्रो शरीरको रगतलार्इ चाहिँ कृत्रिम पदार्थले बदल्न सक्दैन । रक्तदान अभियानद्वारा हामीले पुऱ्याएको सानो सहयोगले निभ्न लागेको जीवनको दीप बालिरहेको छ ।

NEXT

सामाजिक समर्थन

क्षेत्र, देश र विश्वलार्इ बाँध्ने किवर्ड नै‘माताको प्रेम’