परमेश्वरको मण्डलीको स्वयंसेवाचाहिँ

हामीहरू जीइरहेका क्षेत्रलार्इ सफा सुघर गरेर, थोरै भए पनि छिमेकीको खुशी र दु:खलार्इ सँगै बाँड्न कोसिस गर्छाैं ।

एक-एक सन्तानको हेरचाह गर्नु हुने माताको मनद्वारा प्रेम र सेवा गर्दै, बलिदानलार्इ व्यवहारमा लागु गर्दै फोहोर भएको वातावरण सफा हुँदा, चिन्ता बडेको छिमेकीको अनुहारमा हाँसोको फुल फुलायो । हामीलार्इ सेवाको खुशी र मूल्य थाहा दिनुहुने परेमश्वरलार्इ धन्यवाद चढाउँदछौं ।

पवित्र परेमश्वरले होचिनुहुँदै सेवा गर्नुभएको उदाहरणअनुसार परमेश्वरको मण्डलीका सन्तहरूको स्वयंसेवा पनि आगामी दिनमा लगातार जारी रहने छ । विश्वव्यापी गाउँका ७ अरब मानव-जाति सबै खुशी हुने सम्म ।

विपत्ति राहत कार्य

जिन्दगी भताभुङ्ग भएको क्षेत्र,
नयाँ आशा उठाउँदछ

वातावरण संरक्षण

परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वी
जीवनको घर सुरक्षित गर्छ ।

छिमेकीसँगको प्रेम

विश्वव्यापी गाउँका ७ अरब मानव-जाति,
हामी एउटै परिवार हौं ।

रक्तदान अभियान

विश्वव्यापी निस्तार-चाडको प्रेम
जीवन दिने प्रेम, रक्तदान अभियान

सामाजिक समर्थन

सामुदाय र देश, सारा संसारका
शान्ति र खुशीलार्इ समर्थन गर्दछ ।

हिल्लिङ प्रोजेक्ट

कठिन र थकित जीवनमा
न्यानो सान्त्वना बाड्दै ।

देश र भाषा,संस्कृतिमा नअल्झीकन गरिनेसारा संसारका स्वयंसेवा

बाइबलमा मरिरहेको मानिसलाई बचाउन, आफैँलाई बलिदान गरेको
असल सामरीको दृष्टान्त लेखिएको छ ।

“जाऊ, तिमी पनि त्यसै गर ।” भन्ने ख्रीष्टको शिक्षाअनुसार परमेश्वरको मण्डलीका सन्तहरूले ‘माताको प्रेम’ आवश्यक हुने मानिसहरूलार्इ सहायोग गर्दछ । विश्वव्यापी गाउँलार्इ आशाको संसारमा बनाउने कार्यमा माता अगाडि बढ्नुहुन्छ । अनि विश्वभरका सन्तहरूले उहाँलार्इ पछ्याउँछन् ।

Teachings of Mother

माताको शिक्षा

परमेश्वरको मण्डलीका सन्तहरूको मनमा मानव-जातिको निम्ति सम्पूर्ण कुरा बाड्ने माता परमेश्वरको प्रेम रहेको छ ।

दिने प्रेम, सुन्दर मन, समुद्रजस्तो फराकिलो मन, धन्यवादी मन, मालिकको मन, प्रशंसा गर्ने मन, सेवा गर्ने मन, बलिदान गर्ने मन ।

यस्ता माता परमेश्वरको असल शिक्षा ‘माताको शिक्षा’ लार्इ व्यवहारमा लागु गर्दै प्रेम सुकेको समाजलार्इ न्यानो रूपले परिवर्तन गराउँदै सबै खुशी हुने संसार बनाउँदै जानेछ ।

  • परमेश्वरले सदा प्रेम दिनुभएजस्तै प्रेम लिनुमा भन्दा दिनुमा अझ बढी आशिष्‌ हुन्छ ।
  • परमेश्वरको महिमा गरेमा त्यो महिमा आफैँमा फर्कन्छ ।
  • सुन्दर मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।
  • अब्राहामले भतिजा लोतको निम्ति असल चीज त्याग गर्दा अझ उत्तम कुराको आशिष् पाएजस्तै हामीले पनि दाजुभाइ दिदीबहिनीको निम्ति असल चीज त्यग गऱ्यौं भने अझ उत्तम आशिष् पाउँछौं ।
  • अहङ्कारी मन भनेको असन्तुष्ट मन हो ।
  • अरूहरूले काम गरेनन् भनेर हामीले गुनासो नगरी आफूले गर्नुपर्ने काम ईमानदारसाथ गरौं । मालिकको जस्तो मन लिएर काम गर्दा गाह्रो लाग्दैन, र आनन्दित मनले काम गर्न सकिन्छ ।
  • गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ । सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गरेमा गुनासो र अहङ्कार हटेर जान्छ, अनि नम्रताले हृदयमा वास गर्छ ।
  • दाजुभाइ दिदीबहिनीको प्रशंसा गरेमा प्रशंसा आफैँमा फर्कन्छ ।
  • समुद्रले सम्पूर्ण फोहोर-मैला लिएर शुद्ध गराएजस्तै सम्पूर्ण दाजुभइ दिदीबहिनीको गल्तीलार्इ समेत ढाकछोप गर्न सक्ने समुद्रजस्तै फराकिलो मन नै सच्चा सुन्दर मन हो ।
  • थुमाद्वारा डोरिन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ ।
  • ठूलो भाँडा बन्नको लागि बलिदानको आवश्यकता पर्दछ ।
  • हामीले वर्तमान कष्टहरू सहँदै धैर्य गर्नुपर्ने कारणचाहिँ स्वर्ग-राज्यले हामीलार्इ पर्खिरहेकोले गर्दा हो ।
  • परमेश्वर सेवा गर्न यो पृथ्वीमा आउनुभयो । त्यसैले सेवाको अपेक्षा नगरी आपसमा सेवा गर्ने मन नै परमेश्वर खुशी हुनुहुने मन हो ।
NEXT

विपत्ति राहत कार्य

जिन्दगी भताभुङ्ग भएको क्षेत्र,नयाँ आशा उठाउँदछ